केहि नेपाली उखान टुक्का हरु…

लोकजीवनमा चलिआएका सारपूर्ण कथन वा लोकोक्तिलाई उखान-टुक्का भनिन्छ, जसले विशेष अर्थ वा सन्देश दिन्छ। नेपाली समाजमा प्रचलित केही उखान-टुक्का हरू यहाँ उल्लेख गरिएको छ…

आफू भलो त जगतै भलो…!!!
अचानाको चोट खुकुरीले जान्दैन…!!!
अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ…!!!
इन्द्रको अगाडि स्वर्गको वयान…!!!
ईख नभएको मान्छे, वीष नभएको सर्प…!!!
उम्केको माछो ठूलो…!!!
ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ…!!!
औंलो दिँदा डुँडुलो निल्ने…!!!
हुने विरूवाको चिल्लो पात…!!!
हात्तीको मुखमा जीरा…!!!
हात्ती आयो हात्ती आयो फुस्सा…!!!
साउनमा आँखा फुटेको गोरूले सधैं हरियो देख्छ…!!!
रातभरी करायो दक्षिणा हरायो…!!!
रोटी चिल्ला मीठा कुरा खस्रा मीठा…!!!
लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ…!!!
मुखमा राम राम बगलीमा छूरा…!!!
भेडा भेडासँग बाख्रा बाख्रासंग…!!!
बालीनाली अरूको राम्रो, छोराछोरी आफ्नो…!!!
बिग्रेको घरको भत्केको चाला…!!!
बाँदरको हातमा नरिवल…!!!
बाँदरको पुच्छर लौरो न हतियार…!!!
पशुपतिको जात्रा सिद्राको व्यापार…!!!
नाच्न नजान्ने आँगन टेढो…!!!
नपत्याउने खोलाले बगाउँछ…!!!
तीलको पहाड बनाउनु…!!!
जति जोगी आए कानै चिरिएका…!!!
छन गेडी सबै मेरी छैनन गेडी सबै टेडी…!!!
घोडा चढ्ने लड्छ…!!!
चिचीको पनि लोभ पापाको पनि लोभ…!!!
काम गर्ने कालु मकै खाने भालु…!!!
अकवरी सुनलाई कसी लाउनु पर्दैन…!!!
आकाशको फल आँखातरी मर्…!!!
आफू नमरी स्वर्ग देखिन्न…!!!
आलु खाएर पेडाको धाक …!!!
आफ्नो दिउँ त मै मरिजाउँ, अर्काको पाए तीनमाना खाउँ…!!!
औंलो दिँदा डुँडुलो निल्ने…!!!
कानो गोरूलाई औंसी न पुर्ने…!!!
काग कराउँदैछ पीना सुक्दैछ…!!!
कहिले सासुको पालो कहिले बुहारीको पालो…!!!
काला अक्षर भैंसी बराबर…!!!
कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्रोमा हाले पनि बाङ्गाको बाङ्गै…!!!
काग लाई बेल पाक्यो हर्ष न विस्मात्…!!!
खाई न पाई छालाको टोपी लाई…!!!
खाने मुखलाई जुङ्गाले छेक्दैन…!!!
गर्ने भन्ने हनुमान पगरी गुँथ्ने ढेडू…!!!
घाँटी हेरी हाड निल्नु…!!!
घरको बाघ वनको स्याल…!!!
चिप्ला मुखको धमिलो पेट…!!!
छोरी कुटी बुहारी तर्साउनु…!!!
जाँगर न साँगर खाने बेला आँ गर्…!!!
जुन गोरूको सीङ छैन उसैको नाम तिखे…!!!
जसले मह काढ्छ उसैले हात चाट्छ…!!!
जुन थालमा खानु त्यही थालमा चुठनु…!!!
जोगीको घरमा सन्यासी पाहुना…!!!
जो चोर् त्यस्को ठूलो सोर्…!!!
जो होचो उसको मुखमा घोचो…!!!
ठाउँ न ठहर बुढीको रहर…!!!
तैं रानी मैं रानीको भर्ला कुवाको पानी…!!!
तीलको पहाड बनाउनु…!!!
देश गुनाको भेष कपाल गुनाको केश…!!!
दुबै हातमा लड्डू…!!!
दौरा न सौराको खल्ती…!!!
दुई जोइको पोइ कुना पसी रोइ…!!!
दूध दिने गाईको लात्ती सहनुपर्छ…!!!
धोवीको कुकुर घरको न घाटको…!!!
धनको पखेटा हुन्छ…!!!
नजाने गाउँको बाटो नसोध्नु…!!!
नमच्चिने पीङको सय झटका…!!!
नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाबुको अनुहार…!!!
नहुनु भन्दा कानो मामा निको…!!!
निभ्ने वेलाको बत्ती उज्यालो…!!!
नजीकको तिर्थ हेला…!!!
फूलको बास्ना वरिपरि मान्छेको बास्ना डाँडापारी…!!!
पहिलेको तीतो पछिको मीठो…!!!
मेरो गोरूको बाह्रै टक्का…!!!
माछा देखे दुला हात, सर्प देखे खोकिलामा हात…!!!
मामाको घोडी मेरो हि हि…!!!
मर्ने बेलामा हरियो काँक्रो…!!!
मुसाको छोरी मुसैलाई…!!!
मरेपछि ओखती…!!!
रात रह्यो, अग्राख पलायो / रात रहे अग्राख पलाउँछ…!!!
लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ…!!!
लासामा सुन छ कान मेरो बुच्चै…!!!
लाटो देशमा गाँडो तन्नेरी…!!!
लोग्ने स्वास्नीको झगडा परालको आगो…!!!
साँढेको जुधाई बाच्छाको मिचाई…!!!
साउनमा आँखा फुटेको गोरूले सधैं हरियो देख्छ…!!!
सोझाको सहाय दैव…!!!
सस्तो वेसाहा पेट लागि मर्…!!!
हिराको मोल किराले जान्दैन…!!!
रावण मरेर लंका खाली हुँदैन…!!!
हेर्दाको राम्रो, दिन खानको चाम्रो…!!!
बचनको चोट, मनको घाउ…!!!
बालुवा निचरेर तेल आउदैन…!!!
टोपी न सोपी,कपाल केले छोपी…!!!
पानीमा बसी गोही संग दुस्मनी…!!!
भरि गाग्रो छ्चल्किन्न…!!!
लानेलाई भन्दा जानेलाई हतार…!!!
हर्रो नपाउनेलाई जाईफल…!!!
हात्ती चढिसकेको मान्छेले गधा चढ्न के रुचाउला…!!!
हाँसी हाँसी कसेको गाँठो रोई रोई फुकाउनु पर्छ…!!!
संगैका साथि सिँहदरबार माथी…!!!
एक हातले ताली बज्दैन…!!!
हावा नआइ पात हल्लिन्न…!!!
काम छउन्‍जेल भाँडो काम सकिएपछि ठाँडो…!!!
काटेको घाउमा नुन चुक…!!!
काटेको घाउमा नुन चुक…!!!
खान्‍न खान्‍न लोकाचार खाएपछि माना चार…!!!
गहिराको घरलाई पहिराको डर, डाँडाको घरलाई जाडाको डर…!!!
आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो…!!!
आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने…!!!