केहि नेपाली उखान टुक्का हरु…

लोकजीवनमा चलिआएका सारपूर्ण कथन वा लोकोक्तिलाई उखान-टुक्का भनिन्छ, जसले विशेष अर्थ वा सन्देश दिन्छ। नेपाली समाजमा प्रचलित केही उखान-टुक्का हरू यहाँ उल्लेख गरिएको छ… आफू भलो त जगतै भलो…!!!अचानाको चोट खुकुरीले जान्दैन…!!!अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ…!!!इन्द्रको अगाडि स्वर्गको वयान…!!!ईख नभएको मान्छे, वीष नभएको सर्प…!!!उम्केको माछो ठूलो…!!!ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ…!!!औंलो दिँदा डुँडुलो निल्ने…!!!हुने विरूवाको […]